प्रभु र कुमारी बैंकले विक्रीमा ल्याए संस्थापक शेयर

२०८० चैत ०९ गते

प्रभु र कुमारी बैंकले विक्रीमा ल्याए संस्थापक शेयर

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले संस्थापक शेयर विक्री गर्ने क्रमलाई निरन्तरता दिएको देखिन्छ । हरेक दिन कुनै न कुनै बैंकको संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी भएकै देखिन्छ । सोही क्रममा शुक्रबार पनि  दई वाणिज्य बैंकहरू कुमारी बैंक र प्रभु बैंकले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका हुन ।

कुमारी बैंकले २० हजार कित्ता र प्रभु बैंकले ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । दुबैं बैंकको उल्लेखित कित्ता शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् । आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले कुमारी बैंकको शेयर खरीदका लागि बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

Advertisement:

Ad
Ad

प्रभ् बैंकको शेयर खरीदका लागि भने केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने जानकारी बैंकले दिएका छ । दुबैं बैंकले विद्यमान संस्थापक शेयरधनीमा तोकिएको अवधिभित्र यी शेयर विक्री नभएमा दोसो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी दिएका छन् ।