प्रभु हेलिकप्टर कम्पनीले आइपीओ ल्याउने

२०८१ माघ १३ गते

प्रभु हेलिकप्टर कम्पनीले आइपीओ ल्याउने

काठमाडौं । प्रभु हेलिकप्टर कम्पनीले आइपीओ ल्याउने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी फागुन ४ गते साधारण सभा बोलाएको छ ।

उक्त दिन हुने तेस्रो वार्षिक साधारण सभाले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ । योसँगै प्रक्रिया अघि बढ्ने छ । सभामा कम्पनी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी बढाउने लगायतका प्रस्तावहरु छन् ।

Advertisement:

Ad
Ad

यस्तै, सभाले गत आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन छलफल गरेर पारित गर्नेछ । यसका साथै लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक पनि सोही सभाले तोक्नेछ ।