फेसबुकमा फेरी नयाँ समस्या, पुरानो पोष्ट देखिन छोड्यो

२०८१ वैशाख ०४ गते

फेसबुकमा फेरी नयाँ समस्या, पुरानो पोष्ट देखिन छोड्यो

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा फेरी अर्को नयाँ समस्या देखिएको छ । मंगलबार विहानदेखि फेसबुक पोष्ट गरिएको पुरानो पोष्ट नदेखिने भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा केहि प्रयोगकर्ताको पोष्ट नदेखिएपनि केहि प्रयोगकर्ताको पोष्ट भने देखिएको छ ।

Advertisement:

Ad
Ad

विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् । अहिलेसम्म फेसबुकले आधिकारिकरूपमा कुनै जानकारी दिएको छैन ।