फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८० फागुन ०३ गते

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ  ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढेर आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिट २ रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागू हुनेछ । त्यसैगरी, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहने छ ।

Advertisement:

Ad
Ad

भाउ बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ७२ तथा डिडिजेल र मट्टितेलमा प्रतिलिटर १ सय ६० रुपैयाँ कायम भएको छ ।