२०८२ असोज ११ गते
काठमाडौ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पुर्व पदाधिकारीले सुविधा फिर्ता गरे नगरेको निगरानी गरिरहेको बताएका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्थमन्त्री खनालले पुर्व पदाधिकारीको निगारनी विषयमा बताएका हुन् ।
खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कानुनले नदिएको सुविधा जवरजस्ती उपभोग गरिरहनु भएकापूर्वपदाधिकारीले सुविधा फिर्ता गरेरनगरेको अर्थ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ ।’
अर्थ मन्त्रालयले पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीले प्रचलित कानुनविपरीत लिएका सुविधा कटौती गर्न निर्देशन दिएको थियो ।नेपाल सरकार (मन्त्रिपरिषद्) को असोज ५ मा भएको निर्णय बमोजिम सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गर्न गराउन मन्त्रालयले भनेको थियो ।
प्रतिक्रिया