पूर्व मन्त्री विक्रम पाण्डे पनि पक्राउ

२०८३ वैशाख ११ गते

पूर्व मन्त्री विक्रम पाण्डे पनि पक्राउ

काठमाडौं । सरकारले एक पछि अर्को पूर्व उच्च पदस्थहरुलाई पक्राउ गरिरहेको छ । यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । 


सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको बताइएको छ । पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् । उनी करिब ४ वर्ष अघि शहरी विकास मन्त्री भएका थिए । 
 

Advertisement:

Ad
Ad