प्रभु बैंकका सीईओ बने सुमन शर्मा

२०८२ माघ २० गते

प्रभु बैंकका सीईओ बने सुमन शर्मा

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका शर्माले माछापुच्छ्रे र तत्कालिन सन्‌राइज बैंकको प्रमुख कार्याकारी अधिकृतका काम गरीसकेका छन् ।

प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेचरनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा अनुसान्धान सुरु गरेपछि शेरचनलाई निलम्बन गरी सञ्चालक समितिले निरज लम्साललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको थियो । 

Advertisement:

Ad
Ad