पाँचथर पावर कम्पनीद्वारा शतप्रतिशत हकप्रद शेयर निष्काशन

२०८१ पुस ०३ गते

  पाँचथर पावर कम्पनीद्वारा शतप्रतिशत हकप्रद शेयर निष्काशन

काठमाडौँ।  पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीको पौष २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ करोड २५ लाख रुपैयाँबराबरको ९६ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

Advertisement:

Ad
Ad

कम्पनीले बैंकको कर्जा भुक्तानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

आगामी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।