निर्यातमा अनुदान दिएपछि सिमेन्ट र क्लिंकर व्यापारमा नेपालको छलाङ,सर्बोत्तम सिमेन्टको व्यापार सर्वाधिक

२०८० कात्तिक १३ गते

निर्यातमा अनुदान दिएपछि सिमेन्ट र क्लिंकर व्यापारमा नेपालको छलाङ,सर्बोत्तम सिमेन्टको व्यापार सर्वाधिक

काठमाडौं । नेपालले सिमेन्ट र क्लिंकर व्यापारमा छलाङ मारेको छ । चालु आर्थिक वर्षको तीन महिनामा गत वर्षभरमा निर्यात भएको भन्दा बढी सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत वर्ष निर्यातमा अनुदान दिएपछि उत्साहित भएका व्यवसायीले यो वर्षको तीन महिनामै ८५ करोड ३० लाख रुपैयाँको सिमेन्ट र क्लिंकर भारत निकासी गरेका छन् ।साउनदेखि असोजसम्मको तीन महिनामा नेपालबाट ४६ करोड ८९ लाख रुपैयाँबराबरको १ लाख ५५ हजार २४८ टन क्लिंकर भारत निर्यात भएको छ । त्यस्तै ३८ करोड ४० लाख रुपैयाँबराबरको ६ लाख ९ हजार ४४८ टन सिमेन्ट निर्यात भएको छ ।

Advertisement:

Ad
Ad

गत वर्षको पहिलो तीन महिनामा २ करोड १५ लाख रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । चालू आवको तीन महिनामा निर्यात भएको सिमेन्ट तथा क्लिंकरको परिमाण गत वर्षभरमा निर्यात भएभन्दा बढी हो । गत वर्ष ७८ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो ।

यसरी निर्यात गर्नेहरुमा सबैभन्दा बढी सर्बोत्तम सिमेन्ट रहेको छ । सर्वोत्तम सिमेन्ट एक्लैले ३१ करोडको सिमेन्ट निर्यात गरेको छ ।