कोही नआत्तिए हुन्छ,सरकारले नागरिकको जीउधनको रक्षा गर्न सकेन त्यसैले नेसनल भोलेन्टियर गठन भएको हो : ओली

२०८२ मंसिर ०५ गते

कोही नआत्तिए हुन्छ,सरकारले नागरिकको जीउधनको रक्षा गर्न सकेन त्यसैले नेसनल भोलेन्टियर गठन भएको हो  : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यले सार्वजनिक सम्पती र जीउधनको रक्षा गर्न नसकेपछि नेसनल भोलेन्टियर गठन गरेको बताएका छन्। 

 

Advertisement:

Ad
Ad

शुक्रबार फोर्सको घोषणा गर्दै ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरू तयार भएको भन्दै आतंकवादीलाई निस्तेज गर्न तयार रहन निर्देशन दिए। उनले फोर्स कसैको अहितका लागि गठन नभई राष्ट्रिय हितका लागि गठन भएको बताए ।उनले भने, 'शान्ति सुव्यवस्था गर्न स्थापना भएको हो। राज्य संयन्त्रले मात्रै सुरक्षा गर्ने अवस्था रहेन हामीले भोग्यौँ। त्रासदिपूर्ण वातावरण देशमा भयो यसलाई सहज बनाउन स्थापना भएको हो। लोकतान्त्रिक मान्यताअनुरुप सबैले कर्तव्यको पालना गर्दै बाँच्न पाउनुपर्छ भनेर यो संस्था निर्माण भएको छ।'

 

ओलीले कसैले राज्यको सम्पती जलाउन आउँदा यो भोलेन्टियरले प्रतिसवाद गर्ने पनि बताए।