२०८२ असोज २२ गते
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा हटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशाेधन गर्दै शेयर धितो कर्जाको सीमा हटाएको हो ।
यसअघि कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड थियो ।
त्यसैगरी, संगठित संस्थाको शेयर, डिवेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्था पनि लचक बनाएको छ। केन्द्रिय बैंकले यस्तो लगानी ६ महिना भन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने भएको छ ।
प्रतिक्रिया