२०८१ भदौ २४ गते
काठमाडौँ । सताको दोस्रो कारोबार दिन नेप्सेमा फेरी ठूलो अंकको गिरावट आएको छ । योसँगै शेयर बजारले लगातार ५ दिनको घटाई बेहोरेको छ। सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः २.०६ प्रतिशतले घटेको छ ।
यस दिन नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक घट्नेमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक २.६७ प्रतिशतले घटेको छ। त्यस्तै जीवन बीमा उपसमूहको परिसूचक ४.४७ प्रतिशत, निर्जीवन बीमा उपसमूहको परिसूचक २.४५ प्रतिशत, हाइड्रोपावर उपसमूहको परिसूचक २.४४ प्रतिशत, बैंक उपसमूहको परिसूचक २.२८ प्रतिशत र फाइनान्स उपसमूहको परिसूचक २.२७ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। आइतबार १० अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३२७ स्टकको १ लाख ११ हजार पटकको कारोबारमा ९ अर्ब ४३ करोड रुपैयाँ बराबरको २ करोड १० लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा २२ वटा कम्पनी बढेका छन् भने २२२ वटा कम्पनी घटेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा हाथ्वे इन्भेस्टमेन्ट नेपाल रह्यो जसको शेयरमा ८.९८ प्रतिशतको उछाल आएको छ । त्यस्तै सर्वाधिक घट्नेमा उन्नति सहकार्य लघुवित्त रह्यो जसको शेयरमा ७.७८ प्रतिशतको गिरावट आएको छ ।
सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइड्रोपावर विकास कम्पनी रह्यो जसको ३७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा एचआइडिसीयलको प्रमोटर शेयर रह्यो जसको १३ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया