नेप्सेमा लगातार ठूलो अंकको वृद्धि, कारोबार रकम १५ अर्वभन्दा माथि

२०८१ साउन ०३ गते

नेप्सेमा लगातार ठूलो अंकको वृद्धि, कारोबार रकम १५ अर्वभन्दा माथि

काठमाडौँ । यस साताको अन्तिम कारोबार दिन पनि नेप्से भारी अंकले बढेको छ । यस दिन नेप्से ५९.६८ अंकले बढेर २४२४.३२ अंकमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः २.५२ प्रतिशतले बढेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य १२ वता उपसमूहको परिसूचक बढेका छन् भने दुई उपसमूहका परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचक ६.२८ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.२७ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

आज नेप्से बढेसंगै कारोबार रकममा पनि ठूलो वृद्धि भएको छ । अघिल्लो कारोबार दिन १२ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१२ वटा स्टकको एक लाख ८४ हजार पटकको कारोबारमा १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको तिन करोड ९९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २८६ वटा कम्पनी बढेका छन् भने १९० वटा कम्पनी घटेका छन् । त्यसै गरि १० कम्पनी भने स्थिर रहेका छन्। यस दिन सर्वाधिक बढ्नेमा नेपाल इन्वेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त, थ्री स्टार हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा कुमारी सवल योजना रह्यो जसको शेयरमा ५.७६ प्रतिशतको गिरावट आएको छ ।

बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स रह्यो जसको ४२ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रह्यो जसको २० लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ ।