नेप्सेमा दोहोरो अंकको उछालसंगै कारोबार रकम पनि बढ्यो

२०८२ मंसिर ०७ गते

नेप्सेमा दोहोरो अंकको उछालसंगै कारोबार रकम पनि बढ्यो

काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्से सूचक ठूलो अंकले बढेको छ। पछिल्ला दुई दिन गिरावटमा रहेको बजार आइतबार ३९.९२ अंकले बढेर २६००.२२ बिन्दुमा पुगेको छ।

आज आइतबार कारोबार रकम समेत उल्लेख्य रुपमा बढेको छ। आइतबार ३३४ स्टकका ७६ हजारभन्दा बढी कारोबारमार्फत करिब ६ अर्ब २९ करोड रुपैयाँ बराबरका १ करोड ३३ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।

Advertisement:

Ad
Ad

यस दिन सागर डिस्टिलरी, बन्दीपुर केबलकार एन्ड टुरिजम र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसै गरि सर्वाधिक घट्नेमा पिपुल्स हाइड्रोपावर रह्यो जसको शेयर ७.६५ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा एनआरएन इन्फ्रा शीर्षमा स्थानमा रह्यो जसको ६५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। पिपुल्स हाइड्रो र राधी हाइड्रोको कारोबार क्रमशः साढे ३४ करोड र करिब २२ करोड रुपैयाँ बराबरको भएको छ।