नेप्से परिसूचक झिनो अंकले घट्यो

२०८१ वैशाख १३ गते

नेप्से परिसूचक झिनो अंकले घट्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ३.२४ अंकले बढेर १९६५.९३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१६ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ५ उपसमूहको परिसूचक बढेका छन्  भने अन्य ८ उपसमूहको परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक ३.१३ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक ०.७१ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३०३ स्टकको ४२ हजार १६ पटकको कारोबारमा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५ सय ९४ रुपैयाँ बराबरको ६३ लाख १२ हजार ५ सय ५२ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ८८ वटा कम्पनी बढेका छन् भने १४९ वटा कम्पनी घटेका छन् । यसैगरी ७ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा मल्टीपर्पोज फाइनान्स रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा भने सबैको लघुवित्त रह्यो जसको शेयर ५.८३ प्रतिशतले घटेको छ ।

बिहिबार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा पोखरा फाइनान्स रह्यो जसको ११ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा मल्टीपर्पोज फाइनान्स रह्यो जसको २ लाख २६ हजार ४ सय १४ कित्ता शेयर किनबेच भएको छ ।