नेप्से परिसूचक ५८.५८ अंकले बढ्यो, शेयर बजार २१०० बिन्दु माथि

२०८० फागुन २९ गते

नेप्से परिसूचक ५८.५८ अंकले बढ्यो, शेयर बजार २१०० बिन्दु माथि

काठमाडौँ मंगलबार शेयर बजारमा  ठुलो अंकलको उछाल आएर २१०० बिन्दु माथि पुगेको छ । यस दिन नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः २.८५ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक बढ्नेमा लाइफ इन्स्योरेन्स उपसमूह रह्यो जसको परिसूचक ५.४४ प्रतिशतले बढेको छ । त्यसै गरि माइक्रो फाइनान्स उपसमूह ५.०५ प्रतिशतले बढेको छ । यस दिन सबै भन्दा कम बढ्ने  उपसमुहमा म्युचुवल फन्ड रह्यो जसको परिसूचक १.५५ प्रतिशतले बढेको छ ।

Advertisement:

Ad
Ad

बजार बढेसँगै कारोबार रकम पनि बढेर आज ४.५५ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा २२० वटा कम्पनी बढेका छन् भने २२ वटा  कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा वेअन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबर सर्वाधिक घट्ने कम्पनीमा हिमालयन ८०-२० रह्यो जसको शेयरमा २.५७ प्रतिशतको गिरावट आएको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि शिवम सिमेन्टनै रह्यो ।