नेप्से परिसूचक ३३.४१ अङ्कले बढ्यो, कारोबार रकममका पनि वृद्धि

२०८१ मंसिर ११ गते

नेप्से परिसूचक ३३.४१ अङ्कले बढ्यो, कारोबार रकममका पनि वृद्धि

काठमाडौँ। नेप्से परिसूचक लगातार दोस्रो दिन दोहोरो अंकको बढेको छ । मंगलबार नेप्से परिसूचक ३३.४१ विन्दुले बढेर २७१६.६६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.२४ प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य १३ उपसमूहका परिसूचक नै बढेका छन् । मंगलबार सर्वाधिक बढ्ने उपसमूहमा हाइड्रोपावर रह्यो जसको परिसूचक १.९७ प्रतिशतले बढेको छ । त्यस्तै सबै भन्दा कम बढ्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०.२३ प्रतिशतले बढेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक दोहोरो अंकले बढेसँगै मङ्गलबार कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ७२ करोड बराबर शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ७५ हजार पाँच सय ७२ पटकको कारोबारमा ७ अर्ब ४४ करोड बराबरको किनबेच भएको छ । जसमा २११ कम्पनीका शेयर बढेका छन् भने ३२ कम्पनीका शेयर घटेका छन् । त्यस्तै, एक कम्पनीको शेयर भने स्थिर रहेको छ ।

यस दिन सर्वाधिक बढ्नेमा सपोर्ट लघुवित्त, युनाइटेड इदी मार्दी हाइड्रोपावर र कुथेली बुखारी स्मल हाइड्रोपावर रह्यो जसको शेयर समान दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा थ्री स्टार हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्स रह्यो जसको ४५ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा ङ्गादि ग्रुप पावर रह्यो जसको छ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ।