२०८० फागुन २७ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.०८ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १२ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकि एक उपसमूहको परिसूचक मात्र घटेको छ । यस दिन सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ४.२१ प्रतिशतले बढेको छ । त्यसै गरि एक मात्र घट्नेमा हाइड्रोपावर उपसमुह रह्यो जसको परिसूचक ०.१२ प्रतिशतले घटेको छ ।
बजार बढेपनि कारोबार रकम भने घटेर आज २.९२ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा १९४ वटा कम्पनी बढेका छन् भने ४६ वटा कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा वेअन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार सर्वाधिक घट्ने कम्पनीमा चिर्ख्वा हाइद्रोपावर रह्यो जसको शेयरमा ७.०६ प्रतिशतको गिरावट आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि शिवम सिमेन्टनै रह्यो ।
प्रतिक्रिया