नेप्से परिसूचक १०.६२ अंकले घट्यो

२०८० चैत ०४ गते

नेप्से परिसूचक १०.६२ अंकले घट्यो

काठमाडौँ  साताको पहिलो करोबार दिन शेयर बजारमा दोहोरो अंकलको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.५१ प्रतिशतले घट्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ३ वटा उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक बढ्नेमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक ०.८२ प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक घट्ने उपसमुहमा होटल तथा पर्यटन रह्यो जसको परिसूचक १.५६ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

बजारमा आज३.३८ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा ८४ वटा कम्पनी बढेका छन् भने १५० वटा  कम्पनी घटेका छन् । यसैगरी १० वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा सप्तकोशी विकास बैंक रह्यो जसको शेयरमा १० प्रतिशतको  उछाल आएको छ । आइतबार सर्वाधिक घट्ने कम्पनीमा वेअन नेपाल लघुवित्त रह्यो जसको शेयरमा ७.८३ प्रतिशतको गिरावट आएको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर रह्यो ।