नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने

२०८० फागुन २१ गते

नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने

काठमाडौँ । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ ।

बदलिएको राजनीतिक परिवेशका सन्दर्भमा छलफल गर्न सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने धारणा आएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

Advertisement:

Ad
Ad

प्रमुख सचेतक लेखकले अब आफूहरू प्रतिपक्षको बेन्चमा बस्ने बताए ।

बैठकमा सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको ब्रिफिङ गर्नुभएको प्रमुख सचेतक लेखकले जानकारी दिए ।