२०८१ पुस ०३ गते
काठमाडौं । नेपाल फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । यस संस्थाको पुस २ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण गरेको थिएन ।

प्रतिक्रिया