नेपाल ल्यूब आयल लिमिटेडले गर्यो आकर्षक लाभांश प्रस्ताव

२०८० पुस ०२ गते

नेपाल ल्यूब आयल लिमिटेडले गर्यो आकर्षक लाभांश प्रस्ताव

काठमाडौँ । नेपाल ल्यूब आयल लिमिटेड (NLO) ले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव अघि सरेको छ । त्यसको साथ-साथै कम्पनीले साधारण सभा पनि बोलाएको छ।

Advertisement:

Ad
Ad

कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले लाभांश प्रस्तावका साथै लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

कम्पनीले साधारण सभालाई मध्यनजर गरेर पौष १० गतेदेखि २४ गते सम्म बुकक्लोज गर्ने निर्णय लिएको छ । कम्पनीको अनुसार पौष ८ सम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।