नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश वितरण गर्ने घोषणा

२०८० मंसिर १० गते

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश वितरण गर्ने घोषणा

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL)ले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण गर्ने घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Advertisement:

Ad
Ad

मंसिर ८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।बीमा प्राधिकरणको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।