नवगठित सरकारको प्रवक्तामा सञ्चार मन्त्री शर्मा नियुक्त

२०८० फागुन २४ गते

नवगठित सरकारको प्रवक्तामा सञ्चार मन्त्री शर्मा नियुक्त

काठमाडौँ । हिजो भर्खर विस्तारित मन्त्रिपरिषद्को बैठक आज (बिहिबार)  सिंहदरबारमा सम्पन्न भएको छ। नेकपा एमाले, रस्वापा सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।

उक्त बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ । त्यसका साथै बैठकले संयुक्त राष्ट्रसंघको Commission on the status of Women (CSW) ०६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई पठाउन स्वीकृति दिएको छ ।

Advertisement:

Ad
Ad