नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन एक खर्ब २४ अर्ब

२०८२ वैशाख ०३ गते

नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन एक खर्ब २४ अर्ब

वीरगञ्ज (पर्सा)।वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका अनुसार साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिक रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको हो ।

Advertisement:

Ad
Ad

यसैगरी, फागुनमा रु १४ अर्ब ६३ करोड र चैतमा रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ ।