२०८२ साउन २१ गते
काठमाडौ । सडक पूर्वाधार बिना सवारी साधन प्रदर्शनीको कुनै अर्थ नभएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चररर्स (नाइमा) को प्रदर्शनी उद्घाटन गर्न पुगेको अर्थमन्त्रीले सडक पुर्वाधारको विषय उठाएका हुन् ।
उनी भन्छन, 'सरकारले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । सडक स्तोन्नतिको कामलाई तिव्रता दिएको छ । हुलाकी सडकको कामलाई पनि तिव्रता दिएका छ । काठमाडौँ सहरी पूर्वाधारमा पनि धूलो र हिलोरहित सडकको परिकल्पना मात्र नभई सार्थक पनि बनाइरहेका छौं ।'
यसैगरी भृकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्नेगरी बजेटमा घोषणा भइसकेको जानकारी पनि मन्त्री पौडेलले दिए । टुकुचासम्म अहिलेको संरचना हटाएर अन्तराष्ट्रिय स्तरको प्रदर्शनी हल स्थापना गर्ने प्रतिबद्धता पनि मन्त्री पौडेलले जनाए ।
मन्त्री पौडेल भन्छन, '२ वर्ष देखि ३ वर्षसम्ममा आधुनिक र अत्याधुनिक अन्र्तराष्ट्रिय प्रदर्शनी हल स्थापना गर्नेछौं'। अटो सेक्टरमा करको प्रवन्ध निजी क्षेत्रको मनोबल कसरी बढाउने र लगानी बढाउने गरी गरिएको पनि मन्त्रीले उल्लेख गरे । मन्त्री पौडेलले नाइमामा पुगेर सरकार गठन भएयता अर्थतन्त्रको हरेक क्षेत्रमा सुधार भएको दाबी समेत गरे ।
प्रतिक्रिया