नगद लाभांश ७५ प्रतिशत दिने गरी नेपाल स्टक एक्स्चेन्जले बोलायो पुष २९ गते साधारणसभा

२०८१ पुस ०८ गते

नगद लाभांश ७५ प्रतिशत दिने गरी नेपाल स्टक एक्स्चेन्जले बोलायो पुष २९ गते साधारणसभा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ७५ प्रतिशत (पचहत्तर करोड) नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।

Advertisement:

Ad
Ad

सभाले आर्थिक वर्ष २०८०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।