ङादी ग्रुप पावरको हकप्रद शेयरको म्याद थप, माघ २९ गतेसम्म आवेदन दिन सकिने

२०८१ माघ १४ गते

ङादी ग्रुप पावरको हकप्रद शेयरको म्याद थप, माघ २९ गतेसम्म आवेदन दिन सकिने

 काठमाडौँ। पुस २३ गतेदेखि बिक्री खुला गरेको ङादी ग्रुप पावर लिमिटेडलको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ ।अब माघ २९ गतेसम्म कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन सकिने भएको छ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

Advertisement:

Ad
Ad

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।