२०८२ भदौ ०४ गते
काठमाडौं । टाटाको आइकोनिक एसयूभी नयाँ जेनेरेशन सफारी नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको छ । टाटाको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले नयाँ सफारीको विक्री सुरु गरेको हो ।नाडा अटो शोको १७ औ संस्करण मार्फत उक्त सफारी सार्वजनिक गरिएको हो ।
नयाँ टाटा सफारी अत्याधुनिक प्रविधि र हाइटेक फिचरहरूको कारण हाल चर्चामा रहेको एसयूभी मोडल हो । टाटाको ओमेगा आर्किटेक्चरमा निर्मित यस मोडलको डिजाइन ल्याण्डरोभरबाट प्रेरित छ । प्यासेन्जरहरूको सुविधालाई प्राथमिकतामा राख्दै यसमा बोस मोड जस्ता विशेष फिचर राखिएको छ, जसको माध्यमबाट पछाडिबाटै अगाडिको सिटलाई मिलाउन सकिन्छ ।

यो २ हजार सिसिको टर्बो इन्जिन गाडी हो । अफरोड मोड, हिलो बाटो मोड (वेट मोड), शहरमा चालाउँन सिटि मोड रहेको छ । यसकारण जस्तो सुकै ठाउँमा पनि आरमदायी तरिकाले चलाउन सकिन्छ ।
नयाँ सफारीमा १२.३० इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम र ७ इन्च टीएफटी इन्ट्रुमेन्ट कन्सोलसहितको आकर्षक ड्यासबोर्ड रहेको छ । यसमा २ लिटर डिजेल इन्जिन रहेको छ, जसले अधिकतम १७० पीएस पावर र ३५० एनएम टर्क उत्पादन गर्छ । साथै, ६ स्पीड म्यानुअल तथा ६ स्पीड अटोमेटिक दुवै प्रकारका गियरबक्स उपलब्ध छन् ।नाडा अटो शोमार्फत टाटा सफारीका तीनवटा भेरियन्ट सार्वजनिक गरिएको छ । जसअनुसार एकोम्प्लिस प्लस एमटि मूल्य १ करोड २१ लाख ९९ हजार, एकोम्प्लिस प्लस एटिको मूल्य १ करोड २९ लाख ९९ हजार र एकोम्प्लिस प्लस डार्क एटिकोे मूल्य १ करोड ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ । यी गाडीहरुमा अटोमेटिक क्लाइमेट चेन्ज हुने अप्सन पनि रहेको छ ।
यसमा सिक्वेन्सेस टर्न इण्डिकेटर लाइटहरु छन् । एलइडी हेड ल्याम्प पनि रहेको छ । यो सात सिट भएको गाडी हो ।
‘इ– भिटारा’
यता नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पनि इभि ‘इ– भिटारा’ ‘नाडा अटो शो २०८२’मा प्रदर्शनीमा राखेको छ । यो पूर्णतया इभी प्लेटफर्मको गाडी हो । अन्य इभीजस्तो रुपान्तरित विद्युतीय इन्जिन नभइ हाइडेक इप्लेटफर्म भन्ने च्यासिसमा बनेको हो ।
विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि, र भरपर्दो सुजुकी डिएनएको उत्कृष्ट सम्मिश्रणको ई–भिटारा, नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीका मागअनुसार परिष्कृत र अनुकूलन गरिएको छ, जसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्नेछ ।

यसमा २ वटा ब्याट्री अप्सन उपलब्ध छ । इकोनोमिक ४९ केडब्लुएचको र ६१ केडब्लुएचको ब्याट्री रहेको छ । यसको अधिकतम रेन्ज ५ सय किलोमिटर माथि छ । अहिले बजारमा चलिरहेको इभी अनुसारको भएपनि जापानमा बनेको आकर्षक लुक्स रहेको छ ।
।
सुजुकीको पहिलो मास–प्रोडक्सन ब्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्ममा आधारित छ । जसले उत्कृष्ट पर्फर्मेन्स, आरामदायी यात्रा र सुरक्षा प्रदान गर्छ । २,७०० मि.मि. ह्वीलबेस र ५.२ मि. टर्निङ रेडियस,अधिक स्पेस र आरामदायी यात्राको लागि फ्ल्याट–फ्लोर डिजाइन रहेको गाडिमा राइडरहरुलाई आनन्द प्रदान गर्ने कम्पनिले विश्वास लिएको छ।

यसको १० भेरियन्ट कलर अप्सन रहेको छ ।यो औपचारीक लन्च नभएकाले यसको मूल्य खुलाइएको छैन । तर प्रदर्शनीमा भने राखिएको छ । यस गाडीप्रति नाडामा पुग्नेहरुले जिज्ञासा राखिरहेका छन् ।
प्रतिक्रिया