मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

२०८० पुस ०६ गते

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ विकास बैंक (MNBBL) ले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट लाभांश दिने निर्णय गरेको हो ।

बैंकले सेयरधनीलाई चुक्ता पुँजी १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्नेछ । जसमा ९.७५ प्रतिशत बोनस शेयर रहनेछ र ०.५१३२ प्रतिशत कर भुक्तानीको निम्ति नगद लाभांश रहनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

Advertisement:

Ad
Ad