२०८१ पुस ०७ गते
काठमाडौ । मुग्लिन-काठमाडौं सडक आजदेखि (आइतबार पुष ७) दैनिक ३ घण्टा बन्द हुने भएको छ । निर्माणाधीन सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म बन्द गरिने नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएको छ । उसले सुचना मार्फत दैखिक ३ घण्टा बन्द हुने जानकारी गराएको हो ।
आयोजनाले सूचना जारी गर्दै उक्त राजमार्ग भएर काठमाडौं जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न भने रोकावट नहुने जनाइएको छ । पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ । चितवनबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ ।
प्रतिक्रिया