मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाँदै

२०८१ जेठ २७ गते

मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज (आइतवार) भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

आज नै नयाँ दिल्लीमा हुन गइरहेको भारतका नवनियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

Advertisement:

Ad
Ad

भारतीय प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच संक्षिप्त भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् ।