माथिल्लो मैलुङ खोलाको शेयरको लकइन वैशाख २ गतेदेखि सकिने

२०८० चैत ०२ गते

माथिल्लो मैलुङ खोलाको शेयरको लकइन वैशाख २ गतेदेखि सकिने

काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको ७५ हजार कित्ता शेयरको लकइन वैशाख २ गतेदेखि सकिने भएको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उक्त शेयर कात्तिक ३ गतेदेखि लकइनमा रहेको थियो ।

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको आईपीओ सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त शेयरको लइकन खुल्नुभन्दा एक महिनाअघि सार्वजनिक सूचना मार्फत जानकारी गराउनुपर्ने व्यवस्था समेत रहेको छ । सोही व्यवस्था बमोजिम कम्पनीले सूचना जारी गर्दै लकइन अवधि समाप्त हुने मितिको जानकारी दिएको हो ।

Advertisement:

Ad
Ad

वैशाख २ गतेपछि सामूहिक लगानीकोषको स्वामित्वमा रहेका यी शेयर कारोबार गर्न योग्य हुनेछन् ।