२०८० चैत ०९ गते
काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३० गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेद सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव गरेको कम्पनीले सो कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फृत गर्नेछ ।
पाँचौं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया