महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा

२०८० पुस ०४ गते

महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले यस बर्ष बोनस सेयर भने वितरण गर्ने छैन ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

Advertisement:

Ad
Ad