२०८२ साउन २१ गते
काठमाडौ । नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (इभी) बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ईमोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड फर्थिङलाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ। नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिमा यसलाई महत्वपूर्ण मानिएको छ ।
फर्थिङको पहिलो मोडेल, फ्राइडे इभि नेपालमा २०८२ साउन २ गते राष्ट्रिय अटो प्रदर्शनी ०२५मा सार्वजनिक गरिएको थियो । यो प्रदर्शनी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसनद्वारा आयोजना गरिएको थियो ।
लक्ष्मी ग्रुप सन् १९७३ देखि नेपालमा व्यापारिक गतिविधि गर्दै आएको बहुआयामी र पुरानो व्यापारिक घराना हो । यसलेदेशको अटोमोबाइल क्षेत्रको विकासमा अग्रणी भूमिका खेलेको छ । लक्ष्मी ग्रुपले विगतका दशकहरूमा अटोमोबाइल व्यापारमा आफ्नो उपस्थितिविस्तार गर्दै हुण्डाई, बिएमडब्लु, काई, एसएमएल इसुजु, क्यारी जस्ता विश्वविख्यात ब्रान्डहरू मार्फत यात्रुवाहक र मालवाहक गाडी तथा अटो पार्ट्स वितरण गर्दैआएको छ । अब यसै यात्रामा फर्थिङ थपिएको छ ।
सन् २०२४ को मे महिनामा, लक्ष्मी ग्रुपले नेपालकै पहिलो फोर ह्वीलर गाडी एसेंब्ली प्लान्ट लक्ष्मी मोटर्स कर्पोरेसन रामग्राम, परासी (नवलपरासी) मा सञ्चालनमा ल्याएको छ। हुण्डाइ गाडीहरूका लागि बनाइएको यो अत्याधुनिक एसेंब्ली प्लान्टले नेपालको अटोमोबाइल औद्योगिकीकरणमा ऐतिहासिक फड्को मारेको छ । लक्ष्मी समूह यस्तो सुविधा सञ्चालन गर्ने पहिलो नेपाली समूह बनेको छ । त्यसैगरी, ग्राहकको सहजता र इभी पूर्वाधार सुदृढ पार्न लक्ष्मी समूहले रिल्याक्स नामक ६३ भन्दा बढी रिचार्ज नेटवर्कर रिपेयर स्टेसनहरूको सञ्जाल देशभर फैलाएको छ, जसले नेपालमा इलेक्ट्रिक गाडी प्रयोगलाई थप सरल र भरपर्दो बनाएको छ ।
विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभी, फ्राइडे इभीको सुरुवात गर्दै आफ्नो उपस्थिति दर्ता गरेको छ।
फ्राइडे इभी लक्जरी र एक्सक्लुसिभ गरी दुई भेरियन्टमा उपलब्ध छ । जसको मूल्य क्रमशः ५० लाख ९६ हजार रुपैयाँ र ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ । नाइमाको विशेष अफर अन्तर्गत, फर्थङले दुवै भेरियन्टमा सीमित समयका लागि २ लाख छुट र एक वर्षको अटो बीमा प्रदान गर्दैछ । यस अफरमा ग्राहकहरूले, लक्जरी भेरियन्ट केवल ४८ लाख ९६ हजार रुपैयाँमा र एक्सक्लुसिभ भेरियन्ट ५४ लाख ९६ हजारमा प्राप्त गर्न सक्नेछन् ।
शहरका सडकहरू र सप्ताहन्तको यात्राका लागि उपयुक्त फ्राइडे इभी मा ६४.४ केडब्लुएच ब्याट्री र ९९ केडब्लु मोटर छ, जसले ४०० किलोमिटरभन्दा बढीको दूरी सजिलै तय गर्न सक्छ । आकर्षक भित्री डिजाइन, आरामदायी, प्रयोगको लागि सजिलो, र स्मार्ट अर्गोनोमिक्सलाई प्राथमिकता दिई तयार गरिएको छ। साथै, यसमा प्रिमियम मसाज स्पोर्ट्स सीट रहेको छ जसले ड्राइभिङ अनुभवलाई अझ आरामदायी बनाउँछ, र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा पनि उपलब्ध छ जसले सहजता थपेको छ।
प्रतिक्रिया