२०८३ वैशाख २८ गते
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर थापाले लघुवित्तहरु सिस्टममा चल्न थालिसकेको दाबी गरेका छन् ।
नेपाल लघुवित्त बैकर्स संघको १९ औ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष यादवले लघुवित्तहरु ट्याकमा आएको र प्रणालीगत हिसाबले स्वस्थ रुपमा चल्न थालिसकेको बताएका हुन् ।
उनले भने, 'अहिले अन्य देशको भन्दा नेपालका लघुवित्तहरु संस्थागत संरचनामा बलियो भएका छन् । बैंकहरुलाई र लघुवित्तलाई एकै खालको कर नीति छ । लघुवित्तलाई कम कर लगाएर विकासमा लगाउनुपर्छ ।'
यस्तै उनले ६५३ स्थानीय तहमा लघुवित्त पुगिसकेको र एक सय स्थानीय तहमा अझै नपुगेको पनि उल्लेख गरे । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई ती एकसय स्थानमा पुर्याउँने नीति लिनुपर्ने यादवले भने ।
यस्तै उनले करिब ६३ लाख सदस्य भएको लघुवित्तबाट २७ लाख सदस्य उद्यममा रहेको पनि स्पष्ट पारे ।
उनले भने, '५ खर्ब पुँजी परिचालन गर्ने लघुवित्त वित्तीय संस्थाबाट २७ लाख ग्रामीण कृषक, महिला उद्यमी लाभान्वित छन् । यो सामान्य होइन । बाँकी रहेकाहरुमा पनि उद्यमशिलताको विकास गर्नेतर्फ लाग्नुपर्छ ।'
लघुवित्तको ६० प्रतिशत कृषि कर्जा भएको छ यही क्षेत्रको कर्जा बढी समस्यामा परेको पनि उनले भने ।
प्रतिक्रिया