लगातार घटिरहेको सुनको मूल्य आज पनि घट्यो, कति पुग्यो एक तोलाको मूल्य ?

२०८१ कात्तिक २८ गते

लगातार घटिरहेको सुनको मूल्य आज पनि घट्यो, कति पुग्यो एक तोलाको मूल्य ?

काठमाडौ । पछिल्लो केही दिनयता सुन चाँदीको मूल्य लगातार घटिरहेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ

Advertisement:

Ad
Ad