लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८८.४५ प्रतिशत हकप्रद शेयर बिक्रि खुला, कहाँबाट दिने आवेदन ?

२०८१ मंसिर १२ गते

लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८८.४५ प्रतिशत हकप्रद शेयर बिक्रि खुला, कहाँबाट दिने आवेदन ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर बिक्रि खुला गरेको छ । कम्पनीले कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुका लागि २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । सम्बन्धित शेयरधनीहरुले यो हकप्रद शेयर खरीदका लागि पुस २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो हकप्रद शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।हकप्रद शेयर निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता प्रयाप्त रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर ए प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीले गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । बोर्डबाट कम्पनीले गत असोज १४ गते उक्त हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी ५ अर्ब पुग्नेछ ।

Advertisement:

Ad
Ad