२०८१ असार १० गते
बारा । जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान र तोडफोड भएको छ । बजेट पेस गर्ने दिन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगर सभा स्थगित हुन पुगेको छ । बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोधमा उत्रेका थिए ।
नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका थिए । उनीहरुले नगर सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् ।
यसरी तोडफोड र विरोधमा उत्रने वडाध्यक्षहरुमा जीतपुर सिमरा उपमहानगरका वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायत छन् ।
प्रतिक्रिया