२०८२ माघ १५ गते
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म कुमारी बैंकले नाफामा छलाङ मारेको छ । बैंकले यो अधिमा २ अर्ब ७२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८६.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेर ६ अर्ब ७८ करोड ३५ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले ५ अर्ब ३१ करोड ४० लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको कुल सञ्चालन आम्दानी ३०.०६ प्रतिशत बढेर ९ अर्ब २१ करोड २९ लाख रूपैयाँ पुगेको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी बढेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा छ ।
गत आवको दोस्रो त्रैमासमा यस्तो आम्दानी २ रूपैयाँ १० पैसा थियो । बैंकको ६ महिनामा वितरणयोग्य नाफा ८६ करोड २३ लाख रूपैयाँ छ । ब्याज बक्यौताका कारण बैंकले ७८ करोड १९ लाख रूपैयाँ नियामकीय जगेडा कोषमा जम्मा गरेको छ। बैंकको निष्क्रिय कर्जा गत आवको दोस्रो त्रैमासमा ६.९६ प्रतिशत रहेकोमा समीक्षा अवधिमा घटेर ६।९२ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया