२०८१ कात्तिक २८ गते
काठमाडौ । कुलमान घिसिङले आज २ बजे पत्रकारहरुलाई डाकेका छन् । ट्रकलाइन र डेडिकेटेडको मुद्दामा आलोचना खेपेका नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले पत्रकार सम्मेलन राखेपछि यसलाई निकै चासोका साथ हेरिएको छ । विजुलीको लाइन काटिएका उद्योगको लाइन जोड्न मंगलबार सहमत भएका प्राधिकरणका घिसिङ पत्रकारहरुलाई के भन्न चाहिरहेका छन भन्ने चासो देखिएको हो ।
मंगलबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काटिएका लाइन जोड्न बक्यौता उठ्ने सुनिश्चितता हुनुपर्ने अडान बोर्ड बैठकमा कसेपनि मन्त्रिपरिषद्को निर्णय नमान्ने प्राधिकरणका कर्मचारीलाई कारबाही हुने भनेपछि अन्तमा घिसिङ लाइन जोड्न सहमत भएका थिए । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वन गर्ने र २४ घण्टाभित्र काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो । सोमबार साँझै उर्जा मन्त्रालयले लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गरेको थियो । मन्त्रिपरिषदको बैठकले आइतबार निर्णय गरेपनि उर्जामन्त्रालयबाट प्राधिकरणलाई ढिलो मात्र लिखित पत्र गएको थियो । त्यसपछि प्राधिकरणले बोर्ड बैठक बसेको थियो । मंगलबार साँझ लाइन जोड्न राजी भएका घिसिङको तयसको भोलिपल्टै पत्रकार सम्मेलन राखेका छन् ।
प्रतिक्रिया