२०८३ भदौ १७ गते
काठमाडौं । चीन र नेपालबीचको केरुङ नाका जोड्ने सडक एक हप्तामै पुन सञ्चालनमा आएको छ । विनाशकारी बाढीले ध्वस्त भएको एक हप्तामै पूर्ण रूपमा पुनः सञ्चालनमा आएको हो ।
गत भदौ १० गते नेपाल(तिब्बत सीमामा हिमनदी (ग्लेसियर) खसेपछि आएको बरफ, चट्टान र हिलोको भीषण बहावले यो सीमा नाका क्षतविक्षत पारेको थियो।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार बुधबार सडकको अन्तिम खण्ड पुनः खोलिएको छ । धेरै उद्धार टोलीहरू बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन घटनास्थलमा खटिएका छन् ।
प्रतिक्रिया