२०८२ मंसिर १७ गते
काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकारीलाई बुधबार पक्राउ गरेको हो ।
भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणमा भएको अनियमितताको आरोपमा उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो । उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गर्न म्याद थपका लागि अदालत लगिएको छ ।
पोखरा विमानस्थल निर्माणमा पनि भ्रष्टाचारको आशंकामा अख्तियारले अनुसन्धान गरिरहेको बेला हेलिप्याड निर्माणमा पनि अनियमिताको आशंका गर्दै पक्राउ गरेको छ । अख्तियारले अधिकारीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया