काठमाडौमा रविको पहिलो दिनको बयान सकियो, सरकारी वकिलको कार्यालयको अन्डरग्राउन्टबाट निकालिएको समर्थकले थाहै पाएनन

२०८१ मंसिर १४ गते

काठमाडौमा रविको पहिलो दिनको बयान सकियो, सरकारी वकिलको कार्यालयको अन्डरग्राउन्टबाट निकालिएको समर्थकले थाहै पाएनन

काठमाडौ । रास्वपाका सभापति तथा पुर्व गृहमन्त्री रवि लानेछानेको काठमाडौंमा पहिलो दिनको बयान सकिएको छ । सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि उनलाई त्यहाबाट बाहिर निकालिएको थियो । माइतीघस्थित सरकारी वकिलको कार्यालय अगाडी भेला भएर बसेका रास्वपाका कार्यकर्ताले लामिछानेलाई कार्यालयबाट निकालिएको पत्तो पाएनन । बयान सुरु हुनभन्दा पहिलेदेखि नै माइतीघरस्थित सरकारी वकिलको कार्यालय अगाडि रास्वपाका कार्यकर्ताहरुको भीड लागेको थियो । सरकारी वकिल कार्यालयको अन्डरग्राउन्डबाट उनलाई निकालिएको थियो । बिहीबार उनलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट काठमाडौं ल्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सुर्यदर्शनसँगै बुटवल, काठमाडौं र चितवनका विभिन्न सहकारीको बचत रकम पनि अपचलन गरेको आरोप उनीमाथि छ ।

Advertisement:

Ad
Ad