काठमाडौं गोर्खाजलाई जनकपुर बोल्ट्सको १३१ रनको लक्ष्य

२०८२ मंसिर ०१ गते

काठमाडौं गोर्खाजलाई जनकपुर बोल्ट्सको १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (आइपीएल)सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ । 


सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङ गरेको जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई २० ओभरमा ६ विकेट गुमाएर  १३१ रनको लक्ष्य दिएको हो । 

Advertisement:

Ad
Ad


कप्तान अनिल साह भने शून्यमै आउट भएका थिए । ओपनर आशिफ शेखले भने अर्धशतक पूरा गरेका थिए ।