२०८१ साउन ३० गते
काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक १ दशमलव १७ प्रतिशत बढेर बन्द भएको छ । नेप्से २ हजार ९५७ दशमलव ७५ विन्दुमा पुगेको हो ।
मंगलवारको सामान्य करेक्सनपछि बुधवार इन्ट्राडेमा नेप्से २ हजार ८८३ दशमलव ८१ विन्दुसम्म झरेको थियो । बजार घटेको समयमा खरीदकर्ताहरु आकर्षित भएसँगै बजार बढीरहेको छ । यसोत नेप्सेमा सूचीकृत कम्पनीहरुले चौथौ त्रैमासिक वित्तिय विवरण सार्वजनिक भएसँगै लगानीकर्ताहरु थप आकर्षित भएका छन । कम्पनीको वित्तिय विवरण कुरेर बसेका लगानीकर्ताहरुलाई कुन कम्पनीका लगानी गर्ने भन्ने बाटो खुल्ला भएको छ ।
त्यस्तै बजार बढ्दै जादा नयाँ लगानीकर्ता धेरै थपिन थालेको तथा पुराना लगानीकर्ताले लगानी बढाएका छन् । नयाँ सरकार गठन हुनु, चालू आवको मौद्रिक निति मार्फत संस्थागत लगानीकर्ताका कर्जामा २० करोड क्याप हटाउनु लगायतले लगानीकर्ताको मनोबल उच्च हुँदै गएको छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् ।
बुधवार फ्लोट इन्डेक्स १ दशलमव २८ प्रतशित,सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ६३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५६ प्रतिशत वृद्धि भएको छ । ३३२ धितोपत्रको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर २ लाख ४४ हजार १९ पटकमा रू। २३ अर्ब ४३ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये नौ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।
सेन्ट्रल फाइनान्स,समृद्धि फाइनान्स,प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, माउण्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्वा हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।
बु्धवार मन्दाकिनी हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू। ९७२ मा झरेको छ । त्यस्तै दोस्रोमा विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ८ दशमलव ०७ प्रतिशत घटेर रू। ७५९ दशमलव ९० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू। ८६ करोड ५८ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। १ हजार १९ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम सिमेन्ट्स कम्पनीको रू। ८२ करोड २९ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचमध्ये तीन समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढका हुन । सबैभन्दा बढी वित्त समूहको सूचक ७ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ भने म्युचुअल फण्डको शून्य दशमलव ९० प्रतिशत घटेको हो ।
प्रतिक्रिया