२०८० फागुन २९ गते
काठमाडौं । काबेली बी–१ क्यासकेड आयोजना ९ महिनापछि पुनः सञ्चालनमा आएको छ । २०८० साल जेठ ३२ गते आएको बाढी पहिरोका कारण ९ दशमलव ९४ मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको थियो । उक्त क्षतिग्रस्त संरचनाको मर्मत कार्य सकिएको र सो आयोजनाबाट फागुन २७ गते विहान ११ः२० बजेदेखि पुनः सञ्चालनमा आएको जानकारी कम्पनीले दिएको हो ।
आयोजनामा क्षति आएसँगै कम्पनीको विद्युत विक्री आम्दानीमा असर परेको थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट ३ करोड २० लाख रूपैयाँभन्दा बढी मात्र आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १८ करोड २३ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको थियो ।
विद्युत विक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा समेत गत वर्ष दोस्रो त्रैमाससम्म ४ करोड ७३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेकोमा यस वर्ष सोही अवधिसम्म २ करोड ३२ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको छ ।
प्रतिक्रिया