२०८२ चैत ३० गते
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आज पित्तथैलीको शल्यक्रिया हुँदैछ। उपचारमा संलग्न चिकित्सकका अनुसार पूर्वनिर्धारित तालिकाअनुसार उनलाई अपरेसन थिएटरमा लगिसकिएको छ।
डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहने टोलीले ओलीको पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी निकाल्नेछ। यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका ओली त्यसयता त्रिवि शिक्षण अस्पतालमा भर्ना भई उपचाररत छन्।
प्रतिक्रिया