जुवातास खेलिरहेकै ठाउँबाट ९ जना पक्राउ

२०८२ असोज १३ गते

जुवातास खेलिरहेकै ठाउँबाट ९ जना पक्राउ

काठमाडौैं । जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आइतबार राति मनहरी गाउँपालिका–८ सिमपानी बस्ने ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदर्शन समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार २ सय ५० रूपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

Advertisement:

Ad
Ad